काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैं र तिहारका लागि बिक्री गर्न ल्याएका २० वटा च्याङ्ग्रा मरेका छन् ।
व्यापार कम्पनीले दशैं तिहार लक्षित ल्याएका च्याङ्ग्रा बिक्री भएका थिएनन् । दशैं तिहारमा बिक्री नभएर बाँकी रहेका ४७ वटा च्याङ्ग्रामध्ये गएराती २० वटा च्याङ्ग्रा मरेको कम्पनीले बताएको छ ।
कम्पनीले दशैं तिहारको लागि उपभोक्तालाई सहुलियत मूल्यमा बिक्री गर्नको लागि ५ सय ४२ वटा च्याङग्रा ल्याएको थियो । बुधबार साँझसम्म स्वास्थ्य अवस्थामा रहेका च्याङग्रा बिहीबार बिहान मरेको अवस्थामा भेटिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रदेश प्रमुख ज्ञानु थापाले बताउनुभयो । उहाँले दशैं-तिहार र छठसम्म कम्पनीसँग बिक्री हुन बाँकी ४७ वटा च्याङ्ग्रामध्ये २० वटा बिहीबार मरेको बताउनुभयो ।
लिमिटेडका प्रदेश प्रमुख थापाले बुधबार साँझ स्वस्थ अवस्थामा रहेका च्याङ्ग्रा आज बिहान मरेको अवस्थामा पाएको बताउनुभयो । उहाँले मरेकामध्ये २ वटाको परीक्षण गर्न प्रयोगशाला पठाइएको बताउनुभयो । उहाँले राति कुकुर छिरेर केही समय च्याङ्ग्रालाई टोकेर पुनः कुकुर बाहिर आएको सिसिटीभी फुटेजमा देखिएको बताउनुभयो ।
केन्द्रिय चिकित्सालय त्रिपुरेश्वरमा कार्यरत पशु चिकित्सक एलबी साहीले च्याङ्ग्रा कुकुरको टोकाईबाट मरेको देखिएको बताउनुभयो । उहाँले च्याङ्ग्रालाई कुकुरले घाँटीमा टोकेको जस्तो घाउ देखिएको बताउनुभयो । उहाँले २३ वटा च्याङ्ग्रा मरेको बताउनुभयो । उहाँले १४ वटा च्याङ्ग्रा बिरामी रहेको बताउनुभयो । उहाँले च्याङ्ग्रालाई स्वस्थ कुकुरले टोकेको परीक्षणमा देखिएको बताउनुभयो ।
कम्पनी ल्याएका ५ सय ४२ वटा च्याङ्ग्रा बिक्री हुन नसकेर कम्पनीमा नै राखेको थियो । गत वर्ष १६२ च्याङ्ग्रा खरिद बिक्री भएको आधारमा यो वर्ष बढी च्याङ्ग्रा खरिद गरेपनि अपेक्षाअनुसार बिक्री नहुँदा च्याङ्ग्रा कम्पनीले पालन गर्दै आएको थियो ।








प्रतिक्रिया दिनुहोस्