
काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठक बिहीबारदेखि काठमाडौंमा शुरु हुँदैछ । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस.जयशंकर आज काठमाडौं आउँदै हुनुहुन्छ । नेपाल–भारत मन्त्रीस्तरीय वैठकमा सहभागी हुन उहाँ आउन लाग्नु भएको हो ।
भारतीय विदेशमन्त्री जयशंकरले आज सबैभन्दा पहिले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्नु हुनेछ । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेटेर उहाँ नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनुहुनेछ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला भएका सम्झौताहरुको कार्यान्वयनका लागि थप सहमतिहरु हुने बुझिएको छ । विशेषगरी विद्युत ब्यापारसंग सम्बन्धित सम्झौताहरु हुनेछन् ।
यस्तै काठमाडौंस्थित भारतीय दूतावास मार्फत भारत सरकारले नेपालमा समुदायमा आधारित आयोजनाहरुमा लगानी गर्ने सम्बन्धि सम्झौता पनि हुने तयारी छ ।
शुक्रबार बिहान भारतीय विदेशमन्त्री जयशंकरले त्रिभुवन विश्वविद्यालयको पुस्तकालय र भूकम्पपछि पुनर्निर्माण थालिएका पूर्वाधारको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उहाँ शुक्रबार दिउँसो स्वदेश फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्