काठमाडौं । अत्यधिक चिसो बढ्न थालेपछि कञ्चनजङ्घा हिमालको अवलोकन गर्ने पर्यटक घटेका छन् । केही दिन अघिबाट चिसो बढेपछि यहाँ पर्यटक आउन छाडेको यहाँका पर्यटन व्यवसायी बताउँछन् ।
पर्यटकको नआएकाले होटल–लज पनि बन्द गरेर यहाँका होटल सञ्चालक सदरमकाम फुङ्लिङ तर्फ लागेका छन् ।
असोज महिनादेखि पुससम्मको अवधिमा ७६० जना विदेशी पर्यटक यहाँ आएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ । यस्तै आन्तरिक पर्यटकको संख्या पनि यस वर्ष उल्लेख्य रहेको थियो ।







प्रतिक्रिया दिनुहोस्