Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


बालकुमारी घटनामा मन्त्री ज्वाला सूचनाको अभावमा फस्न पुगेको अध्यक्ष नेपालको टिप्पणी


572
Shares

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बालकुमारी घटनामा सूचनाको अभावमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला फस्न पुगेको टिप्पणी गर्नुभएको छ ।

नेकपा (एस) का उपमहासचिव समेत रहनुभएका मन्त्री ज्वाला आन्दोलित समूहको भिडमा पुगेकाले सो घटना घटेको चर्चा भईरहेका बेला उहाँको सो प्रतिक्रिया आएको हो ।

सोमबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर नेपाली कांग्रेसले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमाम बोल्दै अध्यक्ष नेपालले घटनास्थल नजिकै पार्टी केन्द्रिय कमिटी बैठकबाट सरकारी कामको शिलाशिलामा बाहिर निस्किएका मन्त्री ज्वालाबारे अन्यथा टिप्पणी गरिरहन आवश्यक्ता नभएको पनि बताउनुभयो ।

अध्यक्ष नेपालले सो घटनालाई आफ्नो पार्टी र सरकारले गम्भिर रुपमा लिएको उल्लेख गर्दै त्यसमा संलग्न दोषीमाथि कडा कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले त्यस्ता घटना हुन नदिन वैदेशिक रोजगारीमा युवाहरु जानुपर्ने बाध्यताको अन्त्य गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

अध्यक्ष नेपालले सो घटनाका सन्दर्भमा सरोकारवाला सबै निकायले पनि आत्मचिन्तन गरेर अघि बढ्नुपर्ने आवश्यक्ता रहेको पनि औंल्याउनुभयो ।