१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


आजबाट अंग्रेजी नयाँ वर्ष २०२४ शुरु


104
Shares

काठमाडौं । आजबाट अंग्रेजी नयाँ वर्ष इस्वी सन् २०२४ शुरु भएको छ । सन् २०२३ लाई बिदा गर्दै आजबाट सन् २०२४ सुरु भएको हो । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वत्को सुरुआत भएको भन्ने मान्यता रहेको छ ।

विश्वव्यापी मान्यता पाएको ‘इस्वी सन्’ को नयाँ वर्ष केही समय यता नेपालमा पनि शुभकामना आदान प्रदान गरि मनाउन थालिएको छ ।

विशेष गरी युवापुस्ताले अंग्रेजी नयाँ वर्ष मनाउने गरेका छन् । नेपालमा विदेशी पर्यटकहरुको चहलपहल हुने स्थानहरु (काठमाडौंको ठमेल, बौद्ध, भक्तपुरको नगरकोट, पोखरा, सौराहा, लुम्बिनी)मा नयाँ वर्ष २०२४ को स्वागत गर्दै आइतबार राति ‘न्यू इयर इभ’ मनाइएको छ ।