Logo १० फाल्गुन २०८२, आइतबार | Mon Feb 23 2026


बालकुमारी घटनाका दोषीमाथि कारबाही हुन्छ : प्रधानमन्त्री दाहाल


481
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घटनाका दोषीलाई कारबाही गर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री दाहालले सो घटनालाई आकस्मिक र दुर्भाग्यपूर्ण घटनाको संज्ञा दिँदै सो घटनामा परी मारिएकाहरुको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने घोषणा समेत गर्नुभयो । उहाँले सो घटनामा कमजोरी देखाउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका पिएसओ र प्रहरी अधिकारीलाई निलम्वन गरिएको पनि जानकारी दिनु भयो ।

शनिवारबाट काठमाडौंमा सुरु भएको छैठौं राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले सो घटनामा गोली हान्न आदेश दिने प्रहरी अधिकारीलाई पनि छानविन समितिको रिपोर्ट नआएसम्मका लागि निलम्वन गरिएको बताउनुभयो । उहाँले इपिएस परीक्षामा सहभागी हुन नपाएको विद्यार्थीहरुले पनि सो परीक्षामा सहभागी हुने पाउने कुरा अदालतले जानकारी दिएपछि परिस्थितिलाई सहज बनाउन पनि सबैलाई आह्वान गर्नुभयो । प्रधानमन्त्री दाहालले सो घटनामा अदालतको पनि केही कमजोरी देखिएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले वैदेशिल रोजगारीको विषयमा सरकार संवेदनशील रहेको उल्लेख गर्दै देश भित्रै रोजगारी अवसर सृजना हुने गरी आर्थिक समृद्धि नयाँ अभियान चलाउनेतिर सबैले ध्यान दिनुपर्ने पनि बताउनुभयो । त्यस अवसरमा उहाँले सरकारले श्रमिक मैत्री नीति तथा कार्यक्रमहरुलाई प्रभावकारी बनाएर लैजान सरकार प्रतिवद्ध रहेको समेत बताउनुभयो । उहाँले वर्तमान सरकारले आफ्नो एक वर्षे कार्यकालमा श्रमिकहरु हितको कामलाई प्राथमिकताका साथ अघि बढाएको दाबी समेत गर्नुभयो ।

प्रधानमन्त्री दाहालले देशमा आशाका नयाँ रक्तसञ्चार हुने गरी समृद्धिको आधार तयार पार्ने कामलाई प्राथमिकता दिएको बताउनुभयो ।

Skip This