२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


सरकारलाई नेकपा एसको चेतावनी – गोली हानेर समस्याको समाधान निकाल्ने जमाना गइसक्यो


1.183k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले ललितपुरको बालकुमारीमा भएको घटनाप्रति आपत्ति जनाएको छ ।

शुक्रबार कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको छ ।

मृत्युपछि पार्टीले प्रहरीले प्रहरी प्रशासनबाट युवाहरुको हत्या हुनु निन्दनीय भएको भन्दै सरकारको बिरोध गरेको छ ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका केन्द्रिय सदस्य सुदेश पराजुलीले युवा आफ्नो भोको पेटको समस्याको बारेमा आन्दोलित हुँदै गर्दा प्रहरीले गोली हानेर हत्या गर्नु निन्दनीय भएको बताउनुभयो । उहाँले युवाको समस्या समाधान गर्न सरकार तयार नरहेको प्रष्ट भएको बताउनुभयो । युवाको छातीमा गोली हानेर समस्या समाधान गर्ने दिन गएको बताउँदै वार्तामार्फत समस्या समाधान गर्न आग्रह गर्नुभयो ।

नेता पराजुलीले युवालाई मार्ने घृणित कार्य नगर्न सरकारलाई चेतावनी दिनुभयो ।