१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्छ : मन्त्री किराँती


273
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै मन्त्री किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने बताउनुभएको हो । उहाँले आगामी १० वर्षभित्रमा यो विमानस्थलमा धेरै असहजता निम्तिने बताउनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बनाउँदापनि अब समयको माग अनुरुपको परिणाम दिन नसक्ने उहाँको भनाई छ । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प निजगढ विमानस्थल भएको बताउनुभयो । उहाँले पोखरा, निजगढ, भैरहवा र काठमाडौंको विमानस्थललाई पीपीपी मोडलमा लानेगरी प्रक्रिया अगाडि बढाएको पनि बताउनु भयो । उहाँले अहिले विमानस्थलहरु घाम तापेर बस्नुपरेको बताउनुभयो । त्यस्तै, दुर्गम क्षेत्रमा रहेका २२ वटा विमानस्थलहरु पनि गौरचणको रुपमा परिणत भएको उहाँले बताउनुभयो ।

मन्त्री किराँतीले युरोपियन युनियनले नेपाललाई कालोसूचिमा राख्नका कारण १२ बुँदामा लेखेर पठाएको भन्दै सो बुँदा सच्याएमा कालोसूचिबाट हटाउने बताउनुभयो । उहाँले सो १२ बुँदा अनुरुप सच्याउनका लागि कार्यान्वयनको चरणमा अगाडी बढेको बताउनुभयो ।