
काठमाडौं । पोखरा थन्डर्सलाई अतिरिक्त समयमा २–१ ले हराउँदै ललितपुर सिटी एफ.सी नेपाल सुपर लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा ललितपुरलाई विजयी गराउन कुशल देउवाले अतिरिक्त समयमा निर्णायक गोल गरे ।
यसअघि पहिलो हाफमै १० खेलाडीमा समेटिएको ललितपुरका इमोन इजेक्वेलले पहिलो गोल गरेका थिए भने पोखराका स्टेफन कोजो पापाले बराबरी गोल गरेका थिए ।
अतिरिक्त समयमा हात पारेको जितसँगै ललितपुरले धनगढी एफ.सी.विरुद्धको उपाधि भिडन्त तय गरेको हो ।
प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा पोखरा थन्डर्सलाई टाई ब्रेकरमा हराउँदै धनगढी फाइनलमा पुगेको हो ।
प्रतिक्रिया दिनुहोस्