२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


महिलामाथि कुटपीट गर्ने समूह पक्राउ


806
Shares

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका-४ मा एक महिलालाई बन्धक बनाई कुटपिट गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

स्थानीय शारदा थापालाई बन्धक बनाएको आरोपमा ढकाल गाउँका ईश्वर पोखरेल, मिलन देवकोटा, निकेश ढकाल, लक्ष्मी पोखरेल, विष्णु ढकाल र एकबहादुर खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ऋण नतिरेको भन्दै शारदालाई दलानका खाँबो र बिजुलीको पोलमा बाँधेर कुटपिट गरिएको थियो । उनलाई चार दिनसम्म बन्धक बनाएर कुटेको र चार दिनपछि जिल्ला प्रहरी कार्यालयका एसपी राजकुमार सिलवालको टोलीले उद्धार गरेको थियो ।