काठमाडौं । सूर्यज्योति लाइफको सफल मर्जरको एक वर्ष पूरा भएको छ ।
जीवनबीमा कम्पनीहरुमध्य पहिलो पटक मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पुरा गरेको जनाएको हो ।
यस अवधिमा कम्पनीले आफुलाई अझै दरिलो रुपमा उभ्याउन सफल भएको कम्पनीको दाबी छ । यस अवधिमा अझै बिस्तारित शाखा सञ्जाल, परिस्कृत बीमा योजनाहरु र ग्राहकमैत्री सेवा पस्केर ऐतिहासिक सफलताको बाटोमा लम्किने प्रयास जारी राखेको कम्पनीले विज्ञप्ति जारी गरी जनाएको हो ।
मर्जरपछि चुक्तापूँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुर्याएको यो कम्पनीले संयुक्त कारोबार सुरुगरेको एक वर्षको अवधिमा सूर्यज्योतिको जीवन बीमाकोष झण्डै ८ अर्ब रुपैयाँले बढेर ३० अर्ब रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । कम्पनीको कूल लगानी करिब ३५ अर्ब रुपैयाँ रहेको छ ।








प्रतिक्रिया दिनुहोस्