काठमाडौं । नेपाली कांग्रेसका सभापति शेबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको बताउनुभएको छ ।
शनिबार पार्टीको बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्र एउटा दोधारमा उभिएको दाबी गर्नुभयो । सभापति देउवालेअहिलेको बेला सबैले मिलेर र खासगरी काँग्रेसले नेतृत्वदायी भुमिकामा बसेर काम गर्न जरुरी रहेको बताउनुभयो । उहाँले गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था महत्वपूर्ण भएको दाबी गर्दै यो व्यवस्था समावेशीतामा आधारित व्यवस्था भएको बताउनुभयो ।
सभापति देउवाले पार्टीलाई अझै सुदृढ गर्दै तल्लो स्तरबाटै पार्टीलाई पूर्ण रुपमा प्रतिवद्ध गराइ बलियो बनाउन लाग्नुपर्ने बताउनुभयो ।







प्रतिक्रिया दिनुहोस्