Logo ११ फाल्गुन २०८२, सोमबार | Tue Feb 24 2026


कानून समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल प्रारम्भ


143
Shares

काठमाडौं । कानून, न्याय तथा मानव अधिकार समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल प्रारम्भ भएको छ ।

समितिको शुक्रबारको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल प्रारम्भ भएको हो । शुक्रबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ लगायत समिति सदस्यहरुले आगामी दिनमा विधेयकमाथिको छलफललाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा धारणा राख्नुभएको थियो ।

समिति सभापति विमला सुवेदीले समितिको आगामी बैठकबाट विधेयकमाथि दफाबार छलफल हुने बताउनुभयो । उहाँले आगामी दिनमा विधेयकमाथि संशोधन प्रस्ताव प्रश्तुतकर्ता सदस्यहरुसँग छलफल, विधेयकका सरोकारवाला मन्त्रालय/निकायहरुसँग छलफल र विधेयकका सरोकारवाला संघ, संस्था वा समूहहरुसँग छलफल हुने बताउनु भयो । त्यसपछि विधेयकका विषयमा दफावार छलफल, प्रतिवेदन लेखन र विधेयकको प्रतिवेदन पारितको कार्यसूचि रहेको उहाँले बताउनुभयो ।

समिति सभापति सुवेदीले अब समितिको बैठक सार्वजनिक बिदाको दिन बाहेक नियमित रुपमा बस्ने भन्दै बैठकमा अनिवार्य उपस्थितिका लागि सांसदहरुलाई आग्रह गर्नुभयो । समितिको आगामी बैठक पुस ८ गते आइतबार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।

Skip This