Logo १० फाल्गुन २०८२, आइतबार | Mon Feb 23 2026


एक वर्ष पुगेपछि ‘बोल्ड डिसिजन’ लिन्छु : प्रधानमन्त्री दाहाल


1k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यकालको एक वर्ष पुगे लगत्तै ‘बोल्ड डिसिजन’ लिने बताउनुभएको छ ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिमा निर्माण सम्पन्न चार सय के.भी. इनरुवा जिआईस सवस्टेसन उद्घाटनको क्रममा शुक्रवार प्रधानमन्त्री दाहालले आफू नयाँ धक्काको नजिक पुगेको बताउनुभएको हो । उहाँले प्रधानमन्त्री बनेको एक वर्ष पूरा भइसकेपछि नयाँ ढंगबाट क्रमभंग गर्ने कोशिस गरिरहेको बताउनुभयो ।

अबको निर्णय जनताको साथमा हुने बताउनुभयो । जनतालाई निराश पार्ने भाष्य समाजमा सिर्जना भएकोप्रति चिन्ता व्यक्त गर्दै नकारात्मक भाष्यबाट टाढा बस्न आग्रह गर्नुभयो । प्रधानमन्त्री दाहालले देशलाई असफल राष्ट्र बनाउने षड्यन्त्रबाट सावधान रहन अपिल समेत गर्नुभयो । सारा नेपालीको निराश चाँडै नै आशामा परिणत हुने दाबी गर्नुभयो ।

नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा बनेको चार सय के.भी. इनरुवा जिआईस सवस्टेसन नेपालकै दोस्रो ठूलो सवस्टेसन हो । नेपाल विद्युत प्राधिकरण, हेटौंडा–ढल्केबर–इनरुवा ४०० के.भी. सवस्टेसन बिस्तार आयोजना अन्र्तगत निर्माण सम्पन्न सवस्टेसन पूर्वक्षेत्रमा गुणस्तरीय विद्युत आपूर्ति गर्न मात्र नभई भारतसहितका मुलुकमा विद्युत सप्लाई गर्न समेत कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ ।

Skip This