
काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौंमा शुरु हुँदैछ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद (राखेप) को वार्षिक कार्यक्रमअन्तर्गत हुन लागेको हो ।
कीर्तिपुर र मूलपानी मैदानमा हुने खेलको व्यवस्थापन नेपाल क्रिकेट संघ (क्यान)ले गरेको छ । १४ दिनसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र विभागीय टोली एपीएफसहित ८ टोली सहभागी हुनेछन् ।
बिहीबार पहिलो दिन चार खेल हुँदैछन् । बागमती र मधेश प्रदेशबीच टीयू मैदानमा उद्घाटन खेल हुने जनाइएको छ । खेल बिहान साढे ९ बजे सुरु हुँदैछ । यही समयमा एपीएफ र सुदूरपश्चिमबीच मुलपानी मेदानमा खेल हुँदैछ ।
गण्डकी र लुम्बिनीबीचको खेल त्रिवि मैदानमा दिउँसो सवा १ बजे खेल हुनेछ भने यही समयमा कर्णाली प्रदेश र कोशी प्रदेशबीच मूलपानी मैदान हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्