
काठमाडौं । जापानको उरावा रेड्स डायमन्ड्सलाई हराउँदै इंग्लीश क्लब म्यान्चेस्टर सिटी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
साउदी अरबीयामा मंगलबार राति भएको सेमिफाइनलमा म्यान्चेस्टर सिटीले उरावा रेड्सलाई ३–० ले हरायो । सिटीको लागि माटियो कोेभासिच र बर्नार्डो सिल्भाले दुई गोल गर्दा उरावा रेड्सकै डिफेन्डर मारियस होइब्राटनले एक आत्माघाति गोल गरे ।
जितसँगै म्यान्चेस्टर सिटीले ब्राजिलियन टोली फ्लुमिनेन्सीविरुद्ध फाइनल खेल तय ग¥यो । अर्को सेमिफाइनलमा इजिप्टको अल आहली फुटबल क्लबलाई २–० ले हराउँदै फ्लुमिनेन्सी फाइनलमा पुगेको हो । फाइनल खेल शुक्रवार राती साउदी अरबीयामै हुनेछ ।
प्रतिक्रिया दिनुहोस्