१८ श्रावण २०८२, आइतबार | Mon Aug 4 2025


नेपाली समाजको एकता र समानता लागू हुने क्रममा छ : राष्ट्रपति पौडेल


104
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान शासन व्यवस्था विधिधतायुक्त नेपाली समाजको एकताका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोहमा बोल्दै राष्ट्रपति पौडेलले जनताको ठूलो दुःख र त्याग पश्चात यो शासन व्यवस्था आएको र यसले नेपाली समाजको एकता र समानता लागू गर्ने क्रममा रहेको पनि बताउनुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट दीक्षित भएकाहरुसँग जनताको र राष्ट्रको भाग्य र भविष्य पनि जोडिएकाले सोही अनुसारको काम गर्नुपर्ने पनि बताउनुभयो ।

राष्ट्रपति पौडेलले राष्ट्र र जनताप्रति दायित्व नभुली अघि बढ्न पनि शिक्षित युवाहरुले राष्ट्र निर्माणको काममा लागिपर्ने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले सक्षम, सबल र समृद्ध राष्ट्र निर्माणका लागि शिक्षित युवाहरुको भुमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असरका कारण नेपालको सगरमाथासहितका हिमालहरु काला पहाडमा रुपान्तरण हुन लागेकोमा चिन्ता व्यक्त गर्दै त्यसो हुन नदिन पनि शिक्षित युवाहरुले कार्बन उत्सर्जनको कामलाई न्युनिकरण गर्दै लैजान नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।