Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिको आन्दोल स्थगित


0
Shares

काठमाडौं । नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगन गरेको छ ।

सोमबार १३ औं दिनको दिनबाट उनीहरुले आन्दोलनका कार्यक्रमहरु हालका लागि स्थगित गरेका हुन् । उनीहरुले आईतवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग छलफल गरेसँगै हालका लागि आन्दोलन स्थ्गित भएको बताए ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल राष्ट्रिय कर्मचारी संगठनका महासचिव महेशप्रसाद भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँतीसँगको भेटमा मन्त्री किराँतीले ग्राउण्ड ह्याडलिङको विषयमा मन्त्रिपरिषद्बाटै निर्णय हुने भएको प्रतिवद्धता जनाएपछि आन्दोलन स्थगित गरेको बताउनुभयो । उहाँले मन्त्री किराँतीले नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङलाई सुरक्षित गर्ने र निर्णय गर्दा मन्त्रीपरिषद्ले गर्ने नजिर स्थापित गरेपछि स्थगन गर्ने निर्णय भएको बताउनुभयो ।

मन्त्रालयले ग्राउण्ड ह्याडलिङको बारेमा नेपाल वायुसेवा निगमलाई पत्राचार गरेको र ग्राउण्ड ह्याडलिङको विषय सरकारले स्वामित्व लिने प्रतिवद्धता जनाएको बताउनुभयो ।

नेपाल वायुसेवा निगम माथि पटकपटक गरिने आक्रमण बन्द गर्न पनि उहाँले आग्रह गर्नुभयो ।