
पाल्पा । नेपाल कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनले सरकारको मुल्याङकन गरिरहेको दाबी गर्नुभएको छ ।
पाल्पाको सदरमुकाम तानसेनमा आज आयोजित कार्यक्रमलाई सम्बोन्धन गर्दै उहाँले काम देखाउन नसकेका मन्त्रीहरुको पनि समिक्षा भइरहेको र मन्त्री हेरफेरको सम्भावना रहेको जिकीर गर्नुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको एक वर्षे कार्यकाल बितिसक्दा पनि सरकारले सन्तोषजनक काम गर्न नसकेको भन्दै उहाँले सरकारलाई सुशानमा केन्द्रित बनाउन सिंगो कांग्रेस पार्टी सशक्त ढंगले लागेको छ भन्नुभयो ।
अब बोलेर होइन गरेर देखाउनुपर्छ भन्ने निष्कर्षमा आफुहरु पुगेकाले पार्टीका कार्यक्रम गाउँ केन्द्रित बनाउन थालेको पनि महामन्त्री थापाको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्