रुकुम पश्चिम, भदौ २७ । रुकुम पश्चिमको बाफीकोटमा रहेको प्रसिद्ध स्यार्पुतालमा पुग्ने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ ।
पर्यटन प्रवर्द्धनका लागि भन्दै २०६७ साल यता हरेक वर्ष असोज महिनामा पर्यटन मेला लाग्ने गरेपछि स्यार्पुतालको प्रचारप्रसार हुँदा आन्तरिक पर्यटक बढेका हुन् ।
रुकुमको पहिचानको रुपमा रहेको प्रसिद्ध स्यार्पुतालको सौन्दर्यले पर्यटकलाई लोभ्याउने गरेको छ । वर्षातको समयमा झनै सुन्दर देखिने यो तालमा डुंगा शयर गर्न धेरै पर्यटक पुग्ने गर्दछन् ।
स्यार्पुतालमा आधुनिक डुंगा सञ्चालनमा ल्याइएपछि आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि भएको छ । तालको चारैतर्फ मिलेर बनेका बस्ती, नजिकै रहेको स्यानीदह, दादुरे ताल, सिमैछरी झरना र स्यार्पुसम्म पुग्दा सोही बाटो भएर सुसाउँदै बहने सानीभेरी नदीको दृश्यले स्यार्पुको महत्वलाई अझै बढाएको छ ।
स्थानीय तहको जनप्रतिनिधिहरुले पनि तालको संरक्षणमा चासो देखाउँदै आएका छन् ।









प्रतिक्रिया दिनुहोस्