
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुश्मनी गरेर कहीँ पनि पुग्न नसकिने बताउनुभएको छ ।
शनिबार पाँचथरको फिदिममा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।
अध्यक्ष ओलीले कुनै मतभेद र आपसी समस्या भए विधि र प्रक्रिया भित्रैबाट संवाद गरी समाधान गर्न सकिने बताउनुभयो । पहिचानवादीहरुले एमालेमाथि निशाना साँधिरहेका बेला ओलीले मुलुकमा आपसी द्वन्द्व, वैमनष्यता, आशंका र अविश्वास भईरहे त्यसले तनाव सृजना गर्ने र गरिबी नहट्ने बताउनुभयो । उहाँले नेपाल सुन्दर देश भएकाले यसलाई छिट्टै धनी बनाउन सकिने पनि बताउनुभयो ।
अध्यक्ष ओलीले मुलुक बनाउने काम एमालेले मात्रै गर्नसक्ने दाबी समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्