२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


पुष्पलाल लोकमार्ग निर्माणमा सरकारले हेलचेक्राँई गरेको छ : सचिव पाण्डे


182
Shares

काठमाडौं । नेकपा एमालेका सचिव सुरेन्द्रप्रसाद पाण्डेले मध्यपहाडी पुष्पलाल लोकमार्ग निर्माणका लागि सरकारले बेवास्ता गरेको आरोप लगाउनुभएको छ । शनिबार तेह्रथुममा उहाँले यस्तो बताउनुभएको हो ।

सचिव पाण्डेले पछिल्लो समय मध्यपहाडी लोकमार्गलाई प्राथमिकता दिएर सरकारले बजेट निकासा नगरेको उल्लेख गर्नुभयो । उहाँले मध्यपहाडी लोकमार्गका केही ठाउँमा बजेट नै निकासा नगरेको पाइएको उहाँले बताउनुभयो ।

सचिव पाण्डेले उहाँले सरकारले हेलचेक्राँई अन्त्य गरी तत्काल लोकमार्गका लागि बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । उहाँले एमालेप्रति जनताको उत्साह र भरोसा धेरै रहेको पाएको बताउनुभयो ।

सचिव पाण्डेले यात्रामा पार्टीका कार्यकर्ता भन्दा नागरिकहरु स्वागतका लागि आएको भन्दै नागरिकको विश्वासलाई पार्टीले राजनीतिमा परिणत गर्न प्रयास गर्नुपर्ने बताउनु भयो । उहाँले मध्यपहाडबाट भइरहेको बसाईंसराई ठूलो चुनौति रहेको र यसको समाधानका लागि स्थानीय विकासमा केन्द्रित हुन आवश्यक रहेको बताउनुभयो । मध्यपहाडको भौगोलिक अवस्थाजन्य ढंगले बस्ती विकास गर्ने, शहर बढाउने, उत्पादनलाई बढाउने र औद्योगिकीकरणको आधारशीला निर्माण गर्नसके मध्यपहाड सोचेको जस्तै शिक्षा र स्वास्थ्यको हब बन्ने दाबी गर्नुभयो ।

सचिव पाण्डेले वर्तमानका समस्या समाधान गर्न नसक्ने पार्टी बुढो हुने बताउनुभयो । पार्टीको स्थापना मितिले पार्टी बुढो नहुने उहाँको भनाइ थियो ।