१२ फाल्गुन २०८०, शनिबार | Sat Feb 24 2024


रास्वपा संसदीय दलको आज बैठक बस्दै


273
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज संसदीय दलको बैठक बोलाएको छ ।

सोमबार अपराह्न ४ बजेका लागि पार्टी कार्यालय चःमतिमा बैठक बोलाइएको जनाइएको छ ।

बैठकमा संसदीय दलको विधान, संसदको आगामी अधिवेशनको सम्बन्ध र विविध प्रस्तावमाथि छलफल हुने जनाइएको छ ।

आगामी हिउँदे अधिवेशनमा प्रस्तुत हुने संक्रमणकालीन न्याय, विद्यालय शिक्षालगायत विधेयकमाथि गम्भीर छलफल आवश्यक भएकाले बैठक डाकिएको जनाइएको छ ।