काठमाडौं, भदौ २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले दीर्घकालीन आयोजनाको सही छनोटमा ध्यान दिन योजना आयोगलाई निर्देशन दिएका छन् ।
मंगलबार सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको ४३औं बैठकमा बोल्दै उनले केही आयोजनाहरु अलपत्र देखिएको भन्दै आयोजनाको सही छनोटमा ध्यान दिन निर्देशन दिएका हुन् ।
बहुसंख्यक जनता लाभान्वित हुनेगरी योजना बनाउन र त्यसलाई कार्यान्वयन गर्न सीमा तोकेर काम गर्न पनि उनले निर्देशन दिएको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्