
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले ध्यान शासकीय प्रणालीमा सुधार गर्ने कुरामा केन्द्रित रहेको बताउनुभएको छ ।
बुधबार ललितपुरमा नेपालको अर्थतन्त्र र शासकीय सुधार विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले समग्र शासकीय प्रणालीमा सुधार गरेर अघि बढ्ने सरकारको सोच रहेको बताउनुभएको हो । उहाँले शासकीय प्रणालीमा समग्र सुधारका लागि सरकारले शासकीय सुधार आयोग निर्माण गरेर अघि बढ्ने तयारी गरिरहेको पनि बताउनुभयो ।
प्रधानमन्त्री दाहालले जनताले अनुभुति गर्ने गरी सेवा प्रवाहको कामलाई अघि बढाउनका लागि समेत मुलुकको समग्र शासकीय प्रणालीमा सुधार गर्नुको विकल्प नरहेको दोहोर्याउनुभयो । उहाँले आफूले सरकारको नेतृत्व लिने बेलामा नतिजामुखि काम गर्न मन्त्रालयका सचिवहरुलाई दिएको निर्देशन अनुसार काम हुन नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो । उहाँले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आमुल परिवर्तनकारी सोचका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले जनतामा उत्साह आउने गरी परिणाममुखि काम गर्न पनि मातहतका सबै निकयलाई सचेत गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्