२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024


नाडा अटो मेला सुरु, व्यापार घाटा कम गर्न कर बढाइयो : अर्थमन्त्री


0
Shares

काठमाडौं, भदौ २६ । सवारी–साधनको प्रदर्शनी नाडा अटो शो राजधानीमा सुरु भएको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको १३औं संस्करणको प्रदर्शनीको मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरे ।

सोक्रममा मन्त्री खतिवडाले व्यापार घाटा कम गर्न अटो मोबाइल क्षेत्रमा कर बढाइएको बताए ।

व्यापार घाटा बढाउन अटो मोबाइल क्षेत्रले पनि सहयोग गरेकाले कर बढाइएको उनको भनाइ छ ।

ऋणमा आधारित उपभोगले आर्थिक विकास नहुने भन्दै उनले आम्दानीमा आधारित उपभोगलेमात्रै अर्थतन्त्र विस्तारमा सहयोग पुर्‍याउने बताए ।

मन्त्री खतिवडाले तरलताको समस्या समाधान भएको भन्दै बैंकको ब्याजदर पनि घट्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले व्यापार घाटा कम गर्न सघाउन विद्युतीय सवारी–साधनको प्रयोग बढाउनुपर्ने बताइन् ।

विद्युतीय सवारी–साधनको प्रयोग बढाउन ‘चार्जिङ स्टेसन’ निर्माण गरिए व्यापार घाटा कम गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।

पेट्रोलियम पदार्थको आयातलेसमेत व्यापार घाटा बढाएको उनको भनाइ छ ।

नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले सरकारले अटो मोबाइलमा अत्यधिक कर बढाउदा यस वर्ष १.५ प्रतिशतले बिक्री घटेको बताए ।

यही भदौ ३१ गतेसम्म चल्ने मेलामा १९ ओटा ‘ब्रान्ड’का चारपांग्रे तथा २० ओटा ब्रान्डका दुईपांग्रे सवारी–साधन प्रदर्शनीमा राखिएका छन् ।

प्रदर्शनीमा ७१ कम्पनीहरूको १३४ ओटा स्टल रहेको जनाइएको छ ।