१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


पोखरामा अध्यागमन कार्यालय सञ्चालनमा


0
Shares

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि अध्यागमन कार्यालय सञ्चालनमा आएको छ ।

विमानस्थलका लागि २९ जना कर्मचारीको दरबन्दी रहे पनि शुरुमा १० जना कर्मचारीले काम सम्हाल्न थालेका हुन् ।

गृह मन्त्रालयले खटाएका विभिन्न तहका कर्मचारीले काम शुरु गरेका हुन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक गत असार ६ गते चीनको छेन्दुबाट चाइना–नेपाल ड्रागन बोटरेस प्रतियोगितामा भाग लिने चिनियाँ खेलाडी बोकेर सिचुवान एयरलाइन्सको विमान पोखरा आएको थियो ।

त्यसपछि गत भदौ २३ गते रोयल भुटान एअरलाइन्सको ड्रुक एअरले पोखरा विमानस्थलका लागि पहिलो पटक व्यवसायिक अन्तर्राष्ट्रिय उडान भरेको थियो । त्यसयता थप २ वटा चिनियाँ चार्टड उडान भइसकेका छन् । तर, अध्यागमन कार्यालय नहुँदा अप्ठेरो हुदै आएको थियो ।