३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


हुण्डी कारोबारी पक्राउ


4.316k
Shares

काठमाडौं । काठमाडौंको बागबजारबाट एक करोड रुपैयाँसहित हुण्डी र क्रिप्टो करेन्सीका कारोबारी पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले बागबजारका रुपेश श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रेष्ठ र उनको समूहले हुण्डी तथा क्रिप्टोको कारोबार गर्ने गरेको सूचनाको आधारमा छापा मार्दा एक करोड रुपैयाँ नगदसहित उनी पक्राउ परेको सीआइबीले जनाएको छ ।

पक्राउपछि उनको मोबाइल जाँच गर्दा विद्युतीय माध्यमबाट हुण्डी, अनलाइन गेम्बलिङ, क्रिप्टो तथा विदेशी विनिमयको अवैध कारोबार गरेको प्रमाण फेला परेको प्रहरीको दाबी छ । घर खानतलासी गर्दा ८९ लाख ६९ हजार रुपैयाँ र सात हजार अमेरिकी डलर गरी एक करोड बरामद भएको पनि सीआइबीले जनाएको छ ।