Logo २९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025


सत्तारुढ गठबन्धनले सरकार छोड्नुपर्ने हुन्छ : अध्यक्ष ओली


1.2k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले सरकार छोड्नुपर्ने बताउनुभएको छ ।

मुलुकलाई प्रतिगमनतर्फ जानका लागि अनुकुल वातावरण बनाएकाले सत्तारुढ गठबन्धनले सरकार छोडनुपर्ने ओलीको जिकिर थियो । उहाँले बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै सरकारले प्रतिगामी शक्तिहरुलाई हौसला प्रदान गर्ने नालायकीपन देखाइरहेको उल्लेख गर्दै आफ्नो पार्टीलाई त्यस्ता खालका गतिविधि स्वीकार्य नहुने चेतावनी पनि दिनुभयो ।

अध्यक्ष ओलीले वर्तमान सरकारले मुलुकको अर्थतन्त्रलाई सकारात्मक बाटोमा फर्काउने सम्भावना नरहेको दाबी समेत गर्नुभयो । उहाँले देश अपm्ठ्यारो परिस्थितिमा रहेकाले प्रतिगामी तत्वहरु सल्बलाएको भन्दै देशलाई सही बाटोमा ल्याउने काम एमालेले मात्रै गर्न सक्ने बताउनुभयो ।

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको सत्ता स्वार्थका कारण मुलुकको स्वाधिनता सबैभन्दा अपहेलित, अपमानित र तिरस्कृत हुने पुगेको बताउनुभयो । उहाँले पछिल्लो यो अढाई वर्षको बीचमा मुलुकको राष्ट्रिय हित, गौरब र सम्मान धेरै कमजोर हुन पुगेको पनि दोहोर्‍याउनुभयो । वर्तमान सरकारले मुलुकको असंलग्नता र तटस्थतासम्बन्धि परराष्ट्र नीति पनि धरापमा पारेको ओलीको आरोप थियो ।

त्यस अवसरमा अध्यक्ष ओलीले बामपन्थी एकतामा भन्दा एमालेलाई सुदृढ राष्ट्रिय शक्ति बनाउने काममा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई सचेत पनि गराउनुभएको थियो ।