Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


प्रदेश–१ मा कानुन निर्माण तीव्र


0
Shares

विराटनगर, भदौ २६ । प्रदेश नम्बर–१ को प्रदेशसभाले कानुन निर्माणको कामलाई तीव्रता दिएको छ ।

प्रदेशसभाको ४१औं बैठक हुँदासम्म हालसम्म २० विधेयक पारित भएका छन् । दुईओटा विधेयक सचिवालयमा दर्ता गरिएको छ ।

प्रदेशसभाको पहिलो अधिवेशनबाट ११ ओटा र दोस्रो अधिवेशनबाट थप ९ ओटा विधेयक पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

संविधान कार्यान्वयनका लागि प्रदेशले बनाउनुपर्ने २२ ओटा कानुन बनाउन भने संघीय कानुनको पर्खाइमा रहेको छ ।