Logo २८ भाद्र २०८३, आइतबार | Mon Sep 14 2026


कैलालीको गोदावरीमा मिनी ट्रक दुर्घटना, एक जनाको मृत्यु, १३ जना घाइते


767
Shares

कैलाली । कैलालीको गोदावरीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

पहाडबाट धनगढी आउँदै गरेको से १ ख १४३८ नम्बरको ट्रक कैलालीको गोदावरीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा गोदावरी नगरपालिका वडा नम्बर ४ की एक महिला भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि डोटी जोरायल गाउँपालिका वडा नम्बर २ का ३४ वर्षीय ललिता सारू, पाँच वर्षीय आर्यान सारू, दुई वर्षीय आरसी सारू, ४० वर्षीय हुकुम विक, १४ वर्षीय जिवन विक, ६० वर्षीय रँग कामी, २५ वर्षीय भरत मल्ल, १८ वर्षीय भुवन मडै, २८ वर्षीय यादव रावल, ४० वर्षीय राम बहादुर रावत घाइते भएका छन् ।

उनीहरूको अत्तरिया स्थित पदमा अस्पतालमा उपचार भइरहेको जनाइएको छ । यस्तै, १२ वर्षीय विपिन विक, ३६ वर्षीय टेक बहादुर सारू, ३४ वर्षीय कल्पना विकको धनगढीस्थित माया मेट्रोमा उपचार भइरहेको छ । मिनी ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ ।