 
	    काठमाडौ । नेपालमा टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा सोमबारदेखि सुनवाइ हुँदैछ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाल लगायतले दिएको रिटमाथि आजबाट सुनुवाइ हुने भएको हो ।
सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि अदालत खुलेको पहिलो दिन अर्थात् मंसिर १ गते सर्वोच्च अदालतमा थुप्रै रिट निवेदन परेका थिए ।
सरकारको निर्णय गैरकानुनी एवं गैर संवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै अधिवक्ता त्रिपाठी लगायतले उक्त निर्णय बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउन रिट निवेदनमा माग गरेका छन् ।
नेपालमा टिकटक प्रयोगकर्ताको आधिकारिक तथ्यांक नभएपनि आर्टिफिसियल इन्टेलीजेन्स ए.आई.का अनुसार २२ लाखभन्दा बढी नेपालीले आफ्नो मोबाइलमा टिकटक एप डाउनलोड गरेका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            






 
                
प्रतिक्रिया दिनुहोस्