 
	    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई विदेशीहरुको क्रिडास्थल बनाउन एमाले र नेपाली सेनामाथि प्रहार भइरहेको बताउनुभएको छ ।
शनिबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताउनुभएको हो । उहाँले नेपाली सेना र नेकपा एमाले कमजोर बनाउन सके पाल राष्ट्रलाई विदेशीहरुको क्रिडास्थल बनाउन सकिने मनशायले नेकपा एमालेमाथि प्रहार भइरहेको बताउनुभयो ।
महासचिव पोखरेलले सत्तामा रहनेहरुको प्रहारको निशाना, आफूलाई वैकल्पिक शक्ति भनेर आउनेहरुको निशानामा र प्रतिगामीहरुको निशानामा नेकपा एमाले किन ? भन्दै प्रश्न गर्नुभयो । उहाँले यो प्रहार एमालेमाथिको प्रहार नभइ देशभक्त शक्तिमाथिको प्रहार भएको दाबी गर्नुभ्यो । उहाँले एमाले नेतृत्वमाथिको प्रहार नेपाली जनताको भविष्यमाथिको प्रहार भएको बताउनुभयो ।
महासचिव पोखरेलले राष्ट्रनिर्माणको नयाँ यात्रा आरम्भ गर्नका लागि अब नेकपा एमाले संवद्ध युवा विद्यार्थी संगठनहरु जुर्मुराएको बताउनुभयो । उहाँले मंसिर ७ एक किसिमले नेकपा एमालेका वार्मअप मात्रै भएको बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्