१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


मुख्यमन्त्रीको भेला समयसापेक्ष भएन : मुख्यमन्त्री शाही


0
Shares

भक्तपुर, भदौ २६ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश र स्थानीय सरकारले संविधानभन्दा बाहिर गएर काम गर्नु गलत अभ्यास भएको बताएका छन् ।

मंगलबार रफत सन्चार क्लबलमा आयोजित साक्षात्कार कार्यक्रममा उनले पोखरामा भएको मुख्यमन्त्रीको भेला समयसापेक्ष नभएको पनि बताए ।

हालै अन्तरप्रदेश परिषद बैठक अन्तिम समयमा आएर रोकिनु र पोखरा भेलाले तयार पारेको आठबुँदे एजेन्डा लिएर मुख्यमन्त्री आउँदा केन्द्रीय सरकारसँग ‘टसल’ भएको भनी बाहिर सार्वजनिक गर्नु पनि गलत भएको मुख्यमन्त्री शाहीको भनाइ थियो ।

संघीयता कागजमैमात्र लागू भएको र त्यसलाई व्यवहारमा लागू गर्न नसक्दा प्रदेश सरकारले सोचेअनुरुप काम गर्न नसकेकाले विभिन्न क्षेत्रमा जटिलता निम्ताएको उनको गुनासो थियो ।

केन्द्रीय सरकारले कर्णाली प्रदेशका लागि आवश्यकताअनुसार बजेट नपठाउँदा विकासको गति रोकिएकाले आन्तरिक स्रोत परिचालनमा प्रदेश सरकार जुटेको तर गैरसरकारी तथा अन्तराष्ट्रिय गैरसरकारी निकायलाई कर्णाली प्रवेश निषेध गरिएको मुख्यमन्त्री शाहीले बताए । रासस