Logo २८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026


आलमको मुद्दामा अदालतले माग्यो बहस नोट


988
Shares

रौतहट । पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दामा जिल्ला अदालत गौरले लिखित बहस नोट माग गरेको छ ।

न्यायाधिश बाबुकाजी बानियाँको इजलाशले लिखित बहस नोट मागेको हो ।

२०६४ साल चैत २७ गते आलमका काका शेष इद्रिसको गोठमा बम विस्फोट हुँदा घाइते तथा मृत्यु भएकालाई ज्युदै इँटा भट्टामा जलाएर हत्या गरेको घटनामा १२ वर्षपछि प्रहरीले आलमलाई २०७६ असोज २६ गते पक्राउ गरेको थियो भने सोही वर्ष कात्तिक १८ गते आलमलगायत विरुद्ध मुद्दा दायर गरिएको थियो ।

रौतहट जिल्ला अदालतका तत्कालिन न्यायाधीश दीपक ढकालको इजलासले आलमलार्ई मुद्दा टुंगो नलागेसम्मका लागि जेल पठाउने निर्णय गरेको थियो ।