Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


अदालतमा बजेट घटाउँदा समस्या हुन्छ : न्यायाधीश मल्ल


0
Shares

काठमाडौं । न्यायाधीश सपना प्रधान मल्लले अदालतमा मुद्दाको चाप बढिरहँदा सरकारले बजेट घटाउँदै लगेको गुनासो गर्नुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधीश मल्लले उक्त कुरा बताउनु भएको हो । उहाँले अदालतमा मद्द्दाको चाप बढ्ने, कर्मचारीको संख्या बढ्दै जाने तर बजेट निकासा कम हुने गरेको बताउनु भयो ।

न्यायाधीश मल्लले बजेट कम हुँदा न्यायिक स्वतन्त्रतालाई संरक्षण गर्न नसकिने बताउनु भयो ।

संविधानले न्यायिक स्वायत्तता र स्वतन्त्रताको कुरा गरेको भएपनि आर्थिक अवस्था कमजोर बन्दा न्यायिक स्वतन्त्रतालाई संरक्षण गर्न कठिनाइ हुने उहाँले बताउनु भयो ।

न्यायाधीश मल्लले अदालतमा न्यायाधीश नियुक्तिको जिम्मेवारी कसले लिने भन्दै प्रश्नसमेत गर्नुभयो ।