काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ एसोसिएट सदस्य साधारणसभा प्रतिनिधिको निर्वाचन आज काठमाडौंमा सुरु भएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघको २० औं अधिवेशनको तयारी स्वरुप काठमाडौं एसोसिएटको निर्वाचन प्रकृया सुरु भएको हो ।
३९ प्रतिनिधि सदस्यका लागि हुने निर्वाचनमा ५७ जनाको उम्मेद्वारी परेको मुख्य निर्वाचन अधिकृतको सचिवालयले जनाएको छ ।
नेपाल निर्माण व्यवसयी महासंघको यही आश्विन ५ र ७ गते अधिवेशन हुँदैछ ।
त्यसका लागि निर्माण व्यवसायी महासंघले देशभरका ७७ जिल्लाबाट प्रतिनिधि छनोट नामावली पठाउन निर्देशन दिइसकेको छ ।









प्रतिक्रिया दिनुहोस्