 
	    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक संसदबाट छिटो पारित गर्नुपर्ने बताउनुभएको छ ।
शान्ति प्रक्रियाको बाँकि कामलाई टुंगो लगाउन पनि सो विधेयक संसदबाट पारित गर्न ढिलाई गर्न नहुने अध्यक्ष यादवको भनाई थियो ।
बुधबार एमालेले चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष यादवले तत्कालीन द्वन्द्वरत पक्षहरुबीच भएको सम्झौता कार्यान्वयन गरेर नै शान्ति प्रक्रियालाई टुंगो लगाउनुपर्ने पनि बताउनुभयो । तत्कालीन द्वन्द्वरत पक्षहरु गम्भिर नभएकै कारण शान्ति प्रक्रियाको बाँकि कामअझै टुंगोमा पुग्न नसकेको बताउनुभयो ।
अध्यक्ष यादवले शान्ति पक्रियालाई टुंगोमा पुट्टयाउन वेपत्ता छानविन आयोगको कामलाई पनि छिटो अघि बढाउनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्