२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


मुलुकको हितको लागि छलफल गर्ने छुट्टै फोरम आवश्यक : सभापति लामिछाने


130
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा)का सभापति रवि लामिछानेले पार्टीगत फोरमहरुमा मात्रै नभएर मुलुकको हितको लागि छलफल गर्ने छुट्टै फोरम बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

बुधबार नेकपा एमालेले आयोजना गरेको चियापान कार्यक्रममा सहभागि हुँदै सभापति लामिछानेले यस्तो बताउनुभएको हो । उहाँले विभिन्न चाडपर्वहरुको अवसरमा आयोजन हुने चियापान कार्यक्रमले पार्टीहरु बीच सद्भाव बढाउन मद्दत गर्ने बताउनुभयो ।

सभापति लामिछानेले सबै राजनीतिक दलहरुको राष्ट्रिय हितमा छलफलहुने फोरमहरु बन्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले सबै पार्टीका साझा मुद्दाहरु एउटै भएकाले सबैले देशको समृद्धि चाहेको बताउनुभयो ।