
काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उनले सिंगापुरको ऐतिहासिक सम्मेलनको फलो अफ वार्ताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र लेखेका छन् ।
ह्वाइट हाउसकी प्रवक्ता साराह स्यान्डर्सले प्योङयाङबाट प्राप्त निकै हार्दिकता सहितको पत्रले निशस्त्रीकरण प्रतिको प्रतिबद्धता कायमै रहेको देखिएको बताएकी छन् ।
उनले पत्रको प्राथमिक उद्धेश्य राष्ट्रपति ट्रम्पसंग अर्को वार्ताको अनुरोध रहेको जनाएकी छन् ।
वार्ताका लागि लागि आफुहरु खुला रहेको र त्यसको समन्वय प्रक्रिया शुरु भैरहेको उनको भनाई छ ।
तर स्यान्डर्सले नयां वार्ता कहिले र कहां हुन्छ भन्नेबारे भने कुनै सकेत नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
गत जुनमा ट्रम्प र किमबीच सिंगापुरमा भएको ऐतिहासिक वार्ता पछि निशस्त्रीकरणको मुद्धा अवरुद्ध भएको जस्तो देखिएको थियो ।
यता दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले समाचारको स्वागत गर्दै अमेरिका र उत्तर कोरियाले वार्ताको माध्यमबाटै कोरियाली प्रायद्विपको पूर्ण निशस्त्रीकरणको मुद्धा समाधान गर्ने सकिने बताएका छन् ।
उत्तर कोरियाली नेता किमको पत्र अघि संयुक्त राष्ट्रसंघको आणविक वाचडगका प्रमुखले उत्तर कोरियाले आणविक गतिविधि कायमै राखेर सुरक्षा परिषद्को प्रस्ताव उल्लंघन गरेको आरोप लगाएका थिए ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्