Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


रसुवामा ५ करोड ५० लाख रुपैयाँ बराबरको याक चीज उत्पादन


0
Shares

रसुवा । रसुवामा यस वर्ष ५ करोड ५० लाख रुपैयाँ बराबरको याक चीज उत्पादन भएको छ ।

दुग्ध विकास संस्थानको मातहतमा रहेका तीन स्थानका चन्दनबारी, गत्लाङ तथा देशकै सबैभन्दा जेठो चीज उत्पादन केन्द्र लाङटाङमा गरी करिब ३४ हजार केजी चीज उत्पादन भएको संस्थानले जनाएको छ । यसैगरी केन्द्रमा घ्यू तथा मखन उत्पादनसमेत हुने गरेको छ ।

गत वर्ष पनि करिब ५ करोड रुपैयाँ बराबरको चीज उत्पादन भएकोमा यस बर्षबाट लाङटाङमा पनि उत्पादन भएसँगै उत्पादन वृद्घि भएको हो ।

रसुवामा उत्पादित चीज दुग्ध विकास संस्थानले काठमाडौं लैजाने गरेको छ ।