३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


गाजाको युद्ध दोस्रो चरणमा प्रवेश गरेको नेतेन्याहुको भनाइ


0
Shares

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टाइनको गाजामा जारी युद्ध दोस्रो चरणका प्रवेश गरेको बताउनुभएको छ ।

एक टेलिभिजन सम्बोधनमा बोल्दै नेतेन्याहुले इजरायली कमाण्डरहरू “गाजा पट्टीमा“ पूर्णरुपले तैनाथ गरिएको पुष्टि गर्नुभयो । इजरायलले हमास लडाकु विरुद्धको भूमिगत युद्ध “लामो र कठिन“ हुने अनुमान समेत गरेको छ ।

इजरायली सेनाले गाजा शहरमा पर्चाहरू खसाल्दै यो क्षेत्र अब युद्धको मैदान भएकोले सर्वसाधारण जनतालाई दक्षिणतिर जान उर्दी जारी गरेको छ । गाजा क्षेत्रमा सञ्चार सम्पर्क पूणृरुपले विच्छेद गरिएको छ ।

नेतन्याहुले हमासद्वारा बन्धक बनाएका इजरायलीका परिवारलाई भेटेर बन्धकहरूलाई फिर्ता गर्नु सेनाको प्राथमिक लक्ष्य रहेको बताउनुभएको छ ।

इजरायलले ७ अक्टोबरको हमासको आक्रमणपछि गाजामा ब्यापक बमबारी गरिरहेको छ । अहिलेसम्म १४ सय बढी इयजरायली र सात हजार ५ सयभन्दा बढी प्यालेस्टाइनी मारिएका छन् ।