
काठमाडौं । एकदिवसीय विश्वकप २०२३ मा आज दक्षिण अफ्रिकाले बंगलादेशको सामना गर्दैछ ।
खेल मुम्बईको वानखेडे स्टेडियममा हुदैछ । विश्वकपमा दुवै टोलीको यो पाँचौं खेल हो । दक्षिण अफ्रिकाले चारमध्ये तीन जित र एउटा मात्र हारेको छ ।
अर्कोतर्फ, बंगलादेशले चारमध्ये तीन हारेको छ र एउटा मात्र जितेको छ । दुई टोलीबीच हालसम्म कुल २४ ओडिआई खेलिएको छ । दक्षिण अफ्रिकाले १८ खेल जितेको छ भने बंगलादेशले ६ खेल जितेको छ ।
एकदिवसीय विश्वकपमा दुवै टोली बराबरीमा छन् । प्रतियोगितामा यी दुईबीच ४ वटा खेल भएका थिए । दक्षिण अफ्रिकाले २ खेल जित्यो भने २ खेल बंगलादेशले जितेको छ ।
दक्षिण अफ्रिकाले पछिल्ला ५ ओडीआईमध्ये ४ खेलमा जीत र १ खेलमा हार बेहोरेको छ । यता बंगलादेशले पछिल्ला ५ मध्ये ४ खेलामा पराजित हुँदा १ खेल मात्र जितेको छ ।
प्रतिक्रिया दिनुहोस्