
एजेन्सी । इजरायलको हवाई आक्रमणबाट गाजापट्टीका पचास प्रतिशत आवासीय संरचनाहरु ध्वस्त भएका छन् ।
इजरायलले जानीजानी आवासीय भवनमा आक्रमण गरेको प्यालेस्टाइनी अधिकारीहरुले आरोप लगाएका छन् ।
इजरायली हवाई आक्रमणबाट एक लाख ६५ हजारभन्दा बढी आवासीय भवनहरु ध्वस्त भएको जनाइएको छ ।
लगभग २० हजार घरहरु पूर्ण रुपमा क्षति भएका छन् भने ७० प्रतिशत स्थानीय घरबाट विस्थापित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्