२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नेपालले जापानविरुद्ध ब्याटिङ गर्दै


0
Shares

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कपको सेमिफाइनलमा नेपालले जापानविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।

मलेसियाको बायुमास ओभलमा जापानले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको हो भने जापान समूह डी को विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

नेपाल सेमिफाइनल जित्दै यू–१९ एसिया कपमा छनोट हुने लक्ष्यमा छ । यू–१९ प्रिमियर कपको शीर्ष तीन टोली यू–१९ एसिया कपमा छनोट हुनेछ ।

अर्को सेमिफाइनलमा यूएई र सिंगापुर भिड्नेछन् । दुवै सेमिफाइनलका विजेता फाइनल पुग्दै यू–१९ एसिया कपमा छनोट हुनेछन् ।

यस्तै सेमिफाइनलमा पराजित हुने टिमका लागि पनि यू–१९ एसिया कप पुग्ने अवसर हुनेछ । सेमिफाइनलमा पराजित टोलीबीच तेस्रो स्थानको लागि खेल हुनेछ र उक्त खेलमा विजयी हुने टिम पनि यू–१९ एसिया कपमा पुग्नेछ ।