२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


कपिलबस्तुमा ४ वर्षमा २५८ जनाले गरे आत्महत्या


0
Shares

बासुदेव बर्मा

कपिलबस्तु, भदौ २६ । विश्व आत्महत्या रोकथाम दिवस जनचेतनामूलक कार्यक्रम गरी मनाइरहेका बेला कपिलबस्तुमा आत्महत्या रोकथाम चुनौतीको रूपमा देखा परेको छ ।

प्रहरीको तथ्यांकअनुसार विगत ४ वर्षमा जिल्लामा २५८ जनाले आत्महत्या गरेका छन् । २०७२ साल साउनदेखि हालसम्म २५८ जनाले आत्महत्या गरेका हुन् ।

कपिलबस्तुमा आत्महत्याको अवस्था डरलाग्दो भएकोले यसको न्यूनीकरणका लागि सचेतनात्मक कार्यक्रमको सञ्चालन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

आत्महत्याको अवस्था डरलाग्दो भएकाले तत्काल कारण पत्ता लगाई न्यूनीकरण गर्न जरुरी रहेको प्रहरी नायब उपरीक्षक रवि रावलले बताए । आत्महत्याको घटना कम गर्न प्रहरीले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

गतबर्ष मात्रै कपिलबस्तुमा १०१ जनाले आत्महत्या गरेका थिए । कपिलबस्तुमा सबैभन्दा बढी झुण्डिएर र बिष सेवन गरेर आत्महत्या भएको रावलले बताए ।

के कति कारणले आत्महत्या हुन्छ, त्यही अनुसार जनचेतनाका कार्यक्रम गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोख्रेलले बताए ।

आत्महत्या न्यूनीकरण गर्न समग्र समाजको दायित्व सबैको भएकोले सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा प्रमुख जिल्ला अधिकारी पोख्रलले जोड दिए ।