
काठमाडौं । भारतमा जारी एक दिवसीय आइसीसी विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हराएको छ ।
भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा मंगलबार राति अबेर सम्पन्न खेलमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई ३८ रनले हराएको हो ।
नेदरल्याण्ड्सले प्रस्तुत गरेको २ सय ४६ रनको लक्ष्य सहित मैदान उत्रिएको साउथ अफ्रिका २ सय ७ रनमा अलआउट भयो ।
सुरुआती ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित ४३ ओभरको खेलमा ८ विकेट गुमाएर २ सय ४५ रन बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्