Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


आर्थिक पक्षमा नेपाललाई सुदृढ बनाउन आवश्यक छ : नेता पौडेल


130
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आर्थिक पक्षमा नेपाललाई सुदृढ बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।उहाँले राजनीतिक स्वतन्त्रता मात्रै नभइ आर्थिक स्वतन्त्रताका लागि हामीले नेपालमा थुप्रै काम गर्न जरुरी रहेको बताउनु भयो । उहाँले आजको चुनौति भनेको नेपाललाई आर्थिक ढंगबाट कसरी समृद्ध बनाउन सकिन्छ ? भन्ने रहेको बताउनु भयो ।

नेता पौडेलले संविधानले गैरआवासीय नेपालीलाई त्यही अनुसारको नागरिकता प्रदान गर्ने, सामाजिक,आर्थिक, सांस्कृतिक अधिकारसहितको नागरिकता प्रदान गर्ने सुनश्चितता गरेअनुसार सो कार्यान्वयनका बारेमा पहलकदमी गर्न आवश्यक रहेको बताउनु भयो ।

नेता पौडेलले नेपालमा आर्थिक लगानी गर्न चाहने गैरआवासीय नेपालीलाई आर्थिक लगानी गर्न नीतिगत पक्षका व्यवधान हटाउनुपर्ने बताउनु भयो ।