२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


एक दिवसीय विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र नेदरल्याण्ड्स भिड्दै


390
Shares

काठमाडौं । भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा आज नेदरल्याण्ड्स र दक्षिण अफ्रिका भिड्नेछन् ।

यो खेल हिमाञ्चल प्रदेशको धर्मशालामा दिउँसो सवा २ बजे सुरु हुनेछ । जारी विश्वकपमा नेदरल्याण्ड्स पहिलो जितको खोजीमा छ भने दक्षिण अफ्रिका दोस्रो जितको खोजीमा छ ।

यसअघि हिजोको खेलमा श्रीलंकालाई ५ विकेटले हराउँदै अष्ट्रेलियाले पहिलो जित हात पारेको थियो । जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ३५ ओभर २ बलमा ५ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गरेको थियो । लिग चरणको चाथो खेलमा अष्ट्रेलियाले शुक्रबार पाकिस्तानसँग खेल्नेछ । लगातार तिन खेल हारेको श्रीलंकाको भने शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ ।