
काठमाडौं । अजरबैजानलाई हराउँदै अष्ट्रिया युरोकप फुटबलको लागि छनौट भएको छ ।
गएराति भएको छनौट चरणको खेलमा अजरबैजानलाई उसैको मैदानमा १–०गोल अन्तरले हराएपछि अष्ट्रिया युरोकपमा छानिएको हो । समूह ‘एफ’ मा ७ खेलबाट अष्ट्रियाको १६ अंक भएको छ । एक खेल कम खेलेको बेल्जियमको पनि १६ अंक छ । बेल्जियम यसअघि नैं युरोकपमा छनौट भइसकेको छ । गएराति भएको छनौट चरणकै अर्को खेलमा पोर्चुगलले बोस्निया हर्जगोभिनालाई ५–० गोल अन्तरले हराउँदा नेदरल्याण्ड्सले ग्रिसमाथि १–० गोल अन्तरको जित निकाल्यो । आइसल्याण्डले लिचेस्टाइनलाई ४–० ले हराउँदा स्लोभाकियाले लक्जेम्बर्गलाई १–० ले स्तब्ध बनायो ।
बेल्जियम र स्वीडेनबीचको खेल भने रद्द गरिएको छ । बेल्जियमको ब्रसेल्समा अज्ञात बन्दुकधारीले गोली प्रहार गरि दुई जनाको हत्या गरेपछि सुरक्षाको कारण देखाउँदै मध्यान्तरपछिको खेल रद्द गरिएको हो । खेल रोकिंदा एक एक गोलको बराबरीको अवस्था थियो । रंगशालाबाट खेलाडीहरुलाई प्रहरीको सुरक्षामा सिधै एयरपोर्ट पु¥याइएको थियो । स्विडेनका समर्थकलाई पनि प्रहरीकै सहयोगमा रंगशालाबाट सुरक्षित स्थानमा पठाईएको थियो ।
प्रतिक्रिया दिनुहोस्